Logo

एनसेल फाउन्डेसन र जोन्टा क्लबले मनाए १६ दिने अभियान

काठमाडौं– एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामुलक कार्यक्रम आयोजना गर्दै समापन भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार प्यानल डिस्कसनको आयोजना गरि समापन भयो ।

१६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधान’ शीर्षकको पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो । यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकार सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानबारे समुदायलाई जानकारी दिने उद्देश्य लिइएको छ ।

कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि, र विभिन्न सरोकारवालाले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए । अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि संचालन गरिएको थियो ।

अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयमा सञ्चालन भएका । एनसेल फाउन्डेसन र जोन्टा क्लबद्वारा सञ्चालित १६ दिने सक्रियता अभियानले लैंगिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयासका लागि एक बलियो उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्