हीरो मोटोकर्पका दुई मोडल सार्वजनिक
काठमाडौं– मोटरसाइकल र स्कुटर निर्माता हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल– एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । हीरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरको परिस्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ । हीरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी गु्रप हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक हो ।