बीवाईडी एम६ को बुकिङ खुला
काठमाडौं– साइमेक्स इंकले नेपालमा बीवाईडी एम६ को बुकिङ खुला गरेको छ । नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ भने यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको छ । बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ ।
हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुटसमेत उपलब्ध हुनेछ । यो आकर्षक अफरका कारण शुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनिय मूल्यका साथ प्राप्त गर्न सक्ने छन् । बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।
नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको कम्पनीको दावी छ । कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ ।