एक महिनामै ३०० नामी कार नेपालमा गुड्न थाले
काठमाडौं– नामीले बिग ह्याच विथ फाइभ–स्टार लक्जरीका केही समय अघि लन्च गरेको थियो । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो । नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङ प्राप्त गरेको थियो ।
फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ । विभिन्न रङका विकल्पको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरका लागि अति आकर्शक विकल्प बनाएको छ ।
सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकमा उत्साह ल्याउन क्षेत्रीय लन्चको शृंखला नै सञ्चालन गर्यो । यी प्रयासको सफलता नेपालको सडकमा स्पष्ट देख्न सकिन्छ । नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयाएको कम्पनीको दावी छ । नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण हो । ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ ।