नेप्से परिसूचक घटेकाे दिन कारोबार रकम भने बढ्यो
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ३३ अंकभन्दा धेरैले घटेको छ । नेप्से परिसूचक बिहीबार ३३ दशमलव ४२ अंकले घटेर दुई हजार ६ सय ८२ दशमलव २९ बिन्दुमा झरेको छ ।
बिहीबार तीन सय चार वटा कम्पनीका एक करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ । बिहीबार सबैभन्दा धेरै जानकी फाइनान्सको २६ करोड रुपैयाँको शेयर खरिदबिक्री भयो ।
बिहीबार उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
बिहीबार जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे आठ प्रतिशतले बढेको छ ।