यूनाइटेड अजोडको सीईओमा गौतम
काठमाडौं– यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले गौतमलाई चार वर्षका लागि नियुक्त गरेको जनाएको छ । एक दशक भन्दा लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्र र बिकास बैंक र निर्जीवन बीमा कम्पनीमासमेत प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।