Logo

प्रभु स्टील्सको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं– प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियक्त भएको छ । कम्पनीको ९८ करोड बराबरको आईपीओ निश्कासन गर्ने कार्य अगाडी बढेको छ ।

प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका विभिन्न कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी र कुमारी क्यापिटलबीच सेयर निश्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता भएको छ । यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम, प्रभु होल्डिङ्स् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी र हाइड्रो होल्डिङ्स् एण्ड पावर डेभलपमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार, र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ ।

यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ र आईपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरी कम्पनीको २ अर्ब पूँजी पुग्नेछ । कम्पनीले जारी गर्ने सेयर प्रति कत्ता ५० दरको एक करोड९६ लाख कित्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्