Logo

कुमारी बैंकको एटीएम र पीओएसमा युनियनपे कार्डको सुविधा

काठमाडौं– कुमारी बैंकले आफ्नो एटीएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेसनल)का कार्ड स्वीकार गर्ने भएको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पिओएस टर्मिनलमा उपलब्ध हुनेछ ।

यो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीलाई पनि लाभ हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्