सिटिजन्स बैंक र भोकमन्त्रबीच सम्झौता
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको गोंगबुमा रहेको भोकमन्त्र प्रालिसँग छुट दिने सम्झौता भएको छ ।
सो सम्झौतामा हस्ताक्षरपछि बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकले भोकमन्त्रमा १० प्रतिशतसम्मको छुट पाउने छन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।