श्रीलंकाका लागि प्रस्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सुरु
काठमाडौं- श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो ।
सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया सुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन् ।
उनले साथै प्रस्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताइन् । नेपालको संविधानबमोजिम संघीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।