हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह
काठमाडौं– हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षित हुनु प्रत्येक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण माइलस्टोन हो । यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययको सुरुवातको सन्देश दिन्छ ।
यसले विद्यार्थीलाई अभिभावक, संरक्षक, शिक्षक र साथीहरूको सहयोगको महत्त्व स्मरण गराउँदै, कलेजमा बिताएका अमूल्य क्षणको सम्झना दिलाउने अवसर प्रदान गर्छ । यस वर्ष कलेजबाट कुल ६२१ विद्यार्थी दीक्षित भएका छन्, जसमा ४२८ स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थी छन् । कलेज आफ्ना विद्यार्थीको उपलब्धिमा गर्व गर्दछ ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्ट ग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यी विद्यार्थीले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्ने बताइएको छ ।
यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिनेछन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।