बस्नेतले जितिन टिभिएस डर्ट रेसकी विजेता बस्नेत
काठमाडौं– नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्त्वपूर्ण सफलता हासिल गर्दै वर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४ को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल भएकी छन् ।
टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो । विगत ३ संस्करणदेखि चौथौ संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिनबीचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायलाई एकै ठाउँमा उभ्याउँदै आएको छ ।
‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिङ’ भन्ने नारासहित आयोजित महोत्सवको यो चौथो संस्करण हो । महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असिमित उत्साहले भरिदिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायको सहभागिता रहेको महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभालाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्र्दै गएको बताइएको छ ।