यामाहाको रिजनल सेल्स स्किल्स प्रतियोगिता
काठमाडौं– यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट आयोजना गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताको सहभागिता थियो ।
प्रतियोगिताका लागि योग्य हुन सहभागीले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रमा उनीहरूको दक्षता मूल्यांकन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए ।
प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमको सहभागिता रहेको थियो । सबै प्रतियोगीले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीमध्ये बिजेताले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।