आइएमई पे को ‘लोड पे विन!’ अफर
काठमाडौं– डिजिटल वालेट ‘आइएमई पे’ ले ‘लोड पे विन!’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत आइएमई पे प्रयोगकर्तालाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।
मंसिर २० देखि पुस २० गतेसम्म १ महिनाका लागि चल्ने योजनामा आइएमई पेका सेवाग्राहीले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले एक हजार बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधीभरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताले आइएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’ कनेक्ट आईपीएस, ई एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्समार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन प्रयोगकर्ताले कम्तीमा एक हजार आइएमई पेमा लोड गर्नुपर्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ । बम्पर विजेताले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।