मेरो माइक्रोफाइनान्सको स्वास्थ्य शिविर «

मेरो माइक्रोफाइनान्सको स्वास्थ्य शिविर

सिराहाको गोलबजारमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका कसाहामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय भन्दा बढीले लाभ लिएको मेरो माइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए । एकदिने स्वास्थ्य शिविरमा निःशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघर सम्बन्धी विभिन्न रोगहरुको टेष्ट गर्नुका साथै औषधी वितरण गरिएको भण्डारीले जानकारी दिए । शिविरमा नगरपालिकाका वडाध्यक्षहरुले एक दिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरु लावान्भित भएको बताएका छन्

प्रतिक्रिया दिनुहोस्