Logo

महालक्ष्मीका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौं– महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यले विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हालै काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावर (वन्डर्स नेपालले सञ्चालन गरेको स्काईवाक टावरेको टिकट काट्दा १५ प्रतिशत छुट दिने सम्झौता गरेको छ ।

यस्तै बिशालनगरस्थित चेरिस ग्रुपसँग खाना तथा पेय पदार्थ खरिदमा १५ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जनाएको छ । यस्तै ललितपुरको सानेपास्थि अमैचा र भैंसेपाटीमा रहेको मलाला सैलुनमा सेवा लिएवापत पनि छुट पाउने सम्झौता भएको बताइएको छ । यी सबै सेवा प्रयोग गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा मात्र छुट पाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्