Logo

३७ वर्षपछि स्ट्याण्डर्ड चार्टर्डले पायो पहिलो नेपाली सीईओ

काठमाडौं– स्थापनाको करिब ३७ वर्षपछि स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त भएका छन् ।

सन् २०२५ जनवरी एकदेखि लागु हुने गरेर बैंकमा गोरख राणा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका राणा ३० वर्षदेखि स्टयाण्डर्ड चार्टर्ड बैंकमै कार्यरत छन् ।

सन् १९८७ मा नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सञ्चालनमा आएको थियो । हाल बैंकमा अनिर्वाण घोष दास्तिदार प्रमुख कार्यकारी अधिकृतमा छन् । उनी बैंकमा ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन् ।

राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुती शाहका श्रीमान हुन् । २०५८ सालमा दरबार हत्याकाण्डमा श्रुतीसहित राजा वीरेन्द्रका सबै सन्तानको हत्या भएको थियो । राणा र श्रुतीका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्