Logo

आज पनि घट्यो शेयर बजार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार छ दशमलव ३२ अंकले घटेर दुई हजार छ सय ६९ दशमलव ८२ बिन्दुमा कायम भएको हाे ।

मंगलबार ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता शेयर चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ६२ करोडको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमश: अगाडि रहे । मंगलबार व्यापार, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्