एपेक्स कलेजबाट २५८ विद्यार्थी दीक्षित
काठमाडौं– एपेक्स कलेजबाट यो वर्ष (सन् २०२४) २५८ विद्यार्थी दीक्षित भएका छन् । कलेजले विशेष दिक्षान्त समारोह आयोजना गरि सफल विद्यार्थीहरूलाई दीक्षित गरेको हो । दीक्षित विद्यार्थीमध्ये १५० स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् ।
वार्षिक दिक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बीबीए– बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ ।
उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने कलेजले जनाएको छ । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।