अमेरिका र उत्तर कोरिया हठ छोडःदक्षिण कोरिया «

अमेरिका र उत्तर कोरिया हठ छोडःदक्षिण कोरिया

सोल-दक्षिण कोरियाली राष्ट्रपति मुन जेई–इनले अमेरिका र उत्तर कोरियालाई आफ्नो पूर्वाग्रह छोडेर वार्ताको टेबुलमा आउन आग्रह गरेका छन् । उनले वार्ता सुरु गरेर परमाणु निशस्त्रीकरणको कोशिशलाई अगाडि बढाउन आग्रह गरेका छन् । उत्तर कोरियाले अमेरिकासँग वातचीतका लागि तयार भएको बताएपछिको अवस्थामा दक्षिण कोरियाली राष्ट्रपतिको यस्तो आग्रह गरेका हुन् ।किम योङ चोलको नेतृत्वमा आएको उत्तर कोरियाली प्रतिनिधि मण्डलसँग मुनको भेटघाटपछि दक्षिण कोरियाली राष्ट्रपतको कार्यालयले उत्तर कोरिया वार्ताका लागि तयार भएको बताएका हुन् ।
उत्तर कोरियाको सैन्य जासुसी विभागका पूर्व प्रमुख चोलको नेतृत्वमा प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया आएको थियो । अमेरिकाले उत्तर कोरियाको प्रस्तावको परिक्षण गरेपछि उत्तर कोरिया वार्ताका लागि कत्तिको गम्भिर छ र यो कत्तिको फलदायी हुन्छ भन्ने जनाएको छ ।
उत्तर कोरियाको दक्षिण कोरियासँग ९ जनवरीदेखि वार्ता चलिरहेको छ । यद्यपि यो वार्ता शीतकानि ओलम्पिक तथा यसपछि हुने प्याराओलम्पिक आयोजनाको सिलसिलामा भएको थियो । अमेरिकाले उत्तर कोरियाको परमाणु हतियार तथा ब्यालेस्टि मिसाइल कार्यक्रमलाई लिएर बिरोध गर्दै आएको छ । अमेरिकाले यसै विषयलाई रोक लगाउनका लागि माग गर्दै आएको छ । तर उत्तर कोरिया यसका लागि तयार देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्