Logo

२१ सय बढ्यो सुनको मूल्य

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा मंगलबार प्रतितोला सुन दुई हजार एक सय रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बजार खुल्दा एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्