घुमौं बाँके र बर्दिया

नेपालगञ्ज-प्रदेश ५ सरकारले भ्रमण वर्षको शुभारम्भ प्रदेशको पश्चिमी पुछारमा रहेको बर्दियावाट गर्दैछ । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बर्दियालाई पर्यटन प्रवद्र्धनमा थप पहिचान गराउन आजदेखी ‘घुम्न जाउँ बर्दिया’ नाराका साथ भ्रमण वर्षको शुभारम्भ बर्दियाको ठाकुरद्वाराबाट गर्ने तयारी थालिएको हो ।प्रदेशको पर्यटन प्रवद्र्धन समितिका अनुसार आज (जनवरी १, २०२०) बिहान ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्ष शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दैछन् ।
नयाबर्षको स्वागतका लागि होटल एशोसियसन बाँकेको आयोजनामा मंगलवार राति १२ बजे मुख्यमन्त्रीद्वारा स्वागत गरिएपछि आज बिहान ७ बजे बाँके राष्ट्रिय निकुञ्जबाट जंगल सफारी तथा हात्तीसफारीेसमेत उद्घाटन गरिनेछ । समारोहमा प्रदेशका मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रर्वद्धन समितिका सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् । जसअन्तर्गत जंगल सफारीसहित पर्यटकले हात्ती, बाघ र कृष्णसारलाई नजिकबाट नियाल्न पाउने छन् ।
सांस्कृतिक कार्यक्रमसहितको होमस्टे व्यवस्थापन, कर्णालीमा (याफ्टिङको विशेष प्याकेज कार्यक्रम तयार गरिएको छ । सरकारले भ्रमण वर्षको तयारी गरिरहँदा बाँके र बर्दियामा थुप्रै मन बहलाउने सुन्दर पर्यटकीय गन्तव्यहरू पर्यटकको पर्खाइमा छन् । नयाँ–नयाँ पर्यटकीय क्षेत्रहरू थपिँदै गए पनि जिल्लाको समृद्धिको आधार पर्यटन क्षेत्रको उल्लेखनीय विकास हुन सकेको छैन । तथापि यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वका क्षेत्रहरू पर्यटन भ्रमण वर्षका उपयुक्त आधार भएको जिल्ला समन्वय समितिका संयोजक तथा पर्यटन प्रवद्र्धन समिति बर्दियाका संयोजक शंकरप्रसाद थारुले बताए ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको बर्दिया राष्ट्रिय निकुञ्ज, नेपालकै लामो कर्णाली गेरुवा पुल, कृष्णसार संरक्षित क्षेत्र, बबई भ्यालीको मनमोहक दृश्य, डल्लास्थित थारु होमस्टे, बढैया ताल, विश्वकै दोस्रो एकखम्वे चिसापानी पुल, सत्खलुवा ताल, गणेश मन्दिर, ठाकुरजीको मन्दिरका साथै विभिन्न मठ मन्दिर लगायत थुप्रै पर्यटकीय क्षेत्र बर्दियामा छन । त्यस्तै पश्चिम नेपालको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, महेन्द्रपार्क, रानी तलाउ, वाटर पार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृति, प्राङ्गारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् ।
जसलाई संरक्षण र सम्बर्दन गर्दै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । भ्रमण वर्षमा प्राकृतिक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण बर्दिया र बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको उचित प्रचार–प्रसार हुन नसकिरहेको सन्दर्भमा यी गन्तब्यहरू स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्नसक्छन ।
बर्दिया राष्ट्रिय निकुञ्ज प्रदेश नम्वर ५ को पर्यटक आर्कषित गर्ने प्रमुख गन्तव्य मध्य बर्दिया राष्ट्रिय निकुन्ज एक हो । प्राकृतिक सुन्दरता र जैविक विविधताको अनुपम संगम बर्दिया निकुञ्ज पछिल्लो समय बाघको वैभवको रुपमा रहेको छ । सजिलै बाघ देख्न सकिने भएपछि स्वदेशी तथा विदेशी पर्यटक आर्कषित गर्ने माध्यमका साथै देशकै प्रमुख पर्यटकिय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावनाहरू छन यहाँ ।तराईको सबैभन्दा ठूलो संरक्षित क्षेत्रको रुपमा स्थापित यस निकुन्जमा पर्यटक बहलाउने विभिन्न आर्कषणका केन्द्रहरू छन् । विश्वका दुर्लभ वन्यजन्तुका रूपमा सूचीकृत हात्ती, एकसिंगे गैडा, पाटेबाघ बर्दिया निकुञ्जको मुख्य आकर्षण हो । त्यस्तै निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनोमहक दृश्य, कर्णाली नदीमा सहजै देखिने डल्फिन, -याफ्टिङ, चराचुरुंगी लगायत विविध दृश्य यस निकुन्जका आर्कषण हुन् । विश्वमै अति दुर्लभ मानिने पाटे बाघको संख्या बर्षेनी बढ्दै जाँदा यस निकुञ्जको मुख्य आकर्षणको केन्द्रविन्दु यतिबेला बाघ बनेको छ । बाघ हेर्नकै लागि यहाँ विश्वका विभिन्न ठाँउवाट पर्यटकहरू आउने गर्दछन । निकुन्ज प्रशासनका अनुसार यस आर्थिक बर्षको मंसिरसम्म यहाँ कुल ९ हजार ७ सय ७७ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन । तीमध्ये ३ हजार ७ सय ५४ सार्क राष्ट्रसमेत विदेशी पर्यटक रहेका छन् भने ६ हजार २३ नेपाली पर्यटक रहेको सूचना अधिकारी असीम थापाले बताए । गत वर्ष साढे सात हजार विदेशी पर्यटकले अवलोकन गरेको यहाँ बर्सेनि बाघको संख्या बढ्दै जाँदा निकुञ्ञको पहिचानमा समेत वृद्धि हुन थालेको छ । त्यस्तै हात्ती र एकसिंगे गैंडा पनि निकुञ्जका आकर्षण हुन । निकुञ्जभित्र रहेका समतर फाँटमा विभिन्न समुहमा देखिने मृगका बथान र चराचुरुंगीको चिरबिर बोलीले पर्यटकको मन बहलाउने गरेको छ । वाईल्ड लाइफ टुरिज्मको ठुलो सम्भावना रहेको बर्दिया निकुन्जमा हात्ती सफारी, जंगल सफारी लगायत जिप सफारीवाट अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसका लागि प्रकृति पथ प्रदर्शकहरू तयारी अवस्थामा रहेका हुन्छन् । |
कृष्णसार संरक्षण क्षेत्र![]() पर्यटक आकर्षित गर्ने जिल्लाको अर्को पर्यटकीय स्थल कृष्णसार संरक्षित क्षेत्र पनि हो । दुर्लभ वन्यजन्तु कृष्णसार बर्दियाको खैरापुरको प्राकृतिक वासस्थानमा मात्र पाइने भएकाले पर्यटकहरू कृष्णसार हेर्न खैरापुर जाने गरेका छन । जिल्ला सदरमुकामबाट करिब ५ किलोमिटर पश्चिममा रहेको क्षेत्रलाई सरकारले २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको हो । कुल क्षेत्रफलमध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग किमि र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग किमि छ । यहाँ विभिन्न स्थानवाट कृष्णसार हेर्न पर्यटकहरू आउने गरेका छन । मंसिर अन्तिम साता पुर्व राष्ट्रपति रामवरण यादवले समेत कृष्णसार अवलोकन गरेका थिए । संरक्षण क्षेत्रमा हाल करिव ३ सय कृष्णसार रहेका छन । |
ओम केदारेश्वर धाम बर्दियाको बाँसगढीमा विश्वप्रसिद्ध १०८ फिट अग्लो दिव्य ज्योतिलिंग सहितको ओम केदारेश्वर धाम पछिल्लो समय पर्यटकिय नयाँ गन्तब्यको रुपमा विकसीत हुँदै गएको छ । गत चैत्र २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी सञ्चालनमा ल्याइएको केदारेश्वर धाममा विश्व प्रसिद्ध १०८ फिट अग्लो दिव्य ज्योतिलिंङ्ग, ३ सय ८४ सिडिको कैलाशमार्ग, १०८ गोमुखी मुक्तिधारा, १०८ तुलसीमठ र गणेश मन्दिरको निर्माण गरिएको छ ।सरकारले मुलुकको उत्कृष्ट सय पर्यटकीय गन्तव्यमा राखेर बजेट विनियोजन गर्नुका साथै हिन्दु धर्मावलम्बी भक्तहरूको दान तथा संकल्पबाट विभिन्न संरचना निर्माण गरिएको धाम हाल धार्मिक पर्यटनको नमुनाको रूपमा विकसीत हुन थालेको छ । यहाँ विभिन्न स्थानवाट विशेष समारोहमा पुजा आजा गर्न आउनुका साथै टाढा टाढाबाट आएका आन्तरिक पर्यटकहरू ३ सय ८४ सिडिको कैलाशमार्गवाट १०८ फिट अग्लो दिव्य ज्योतिलिंगमा फोटो खिचेर फर्कने गरेका छन । |
पर्यटक पर्खदै विभिन्न ताल जैविक विविधताले भरीपुर्ण बर्दिया तालैतालको जिल्ला पनि हो । जिल्लामा कैयौ यस्ता तालतलैया छन, जो संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा पर्नुका साथै पर्यटकको पर्खाइमा छन् । बर्दियाको सवैभन्दा ठूलो ७० हेक्टरमा फैलिएको बढैया ताल, ६० विगाहमा फैलिएको सत्खलुवा ताल, २० हेक्टर क्षेत्रफलमा फैलिएको अर्नाैहवा ताल, तिन हेक्टर क्षेत्रफलमा फैलिएको लक्ष्मणा ताल लगायत ताराताल, कृष्णसार ताल, भग्रैया ताल, दनुवा ताल, सिमा ताल लगायत विभिन्न तालहरू छन् । राज्यको नजर पर्न नसकेका ति तालहरूमा विभिन्न पूर्वाधार निर्माण गरी संरक्षण गर्न सके जिल्लाको पर्यटकिय गन्तब्यमा एक छुट्टै पहिचान बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ । यीमध्ये बढैया ताल र सत्खलुवा ताल पर्यटकको रोजाइमा पर्ने गरेका छन् । |
रोजाइमा गेरुवा कर्णाली पुल कोठीयाघाट स्थित कर्णाली नदीमा निर्मित नेपालकै लामो कर्णाली (गेरुवा) पुल आन्तरिक पर्यटकको रोजाईमा परेको छ । राजापुर क्षेत्र स्थित राजापुर नगरपालिका र गेरुवा गाउपालिकाको प्रमुख प्रवेशद्वारका रुपमा रहेको पुल हेर्न विशेषगरी आन्तरिक पर्यटकहरू अवलोकन भ्रमणका लागि दैनिकरुपमा आउने गरेका छन् ।२०७१ साल असोज ८ गते उद्घाटन गरी सञ्चालनमा आएको सो पुल राजापुर क्षेत्रका करिव अढाई लाख जनतालाई सदरमुकाम गुलरियाका साथै देशका अन्य भूभागसित जोड्ने एक मात्रै विकल्प हो । प्रि स्टेट प्रविधिवाट निर्मित १ हजार १५ मिटर लम्बाइको कर्णाली (गेरुवा) पुल बर्दियाको सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिम राजापुर क्षेत्रमा रहेको छ । राजापुरबाट १२ किलोमिटर पूर्व दूरीमा रहेको पुलबाट पर्यटकीय क्षेत्र डल्लागाउँ होमस्टे र बर्दिया राष्ट्रिय निकुन्जमा जान समेत अनुकूल हुनेभएपछि यहाँ पर्यटक आकर्षित भएका हुन् । |
पर्यटक आकर्षित गर्दै ‘डल्ला होमस्टे’ पछिल्लो समय देश विदेशका पर्यटकको रोजाईमा डल्ला होमस्टे परेको छ । सस्तोमा घरकै वातावरण र थारु संस्कृतिको आनन्द लिन पाईने भएपछि डल्ला होमस्टे पर्यटक आकर्षित गर्न सफल भएको हो । मधुवन नगरपालिकाको सुर्यपटुवा स्थित १ सय १२ घर मध्य २५ घरले होमस्टे संचालन गरेका छन । सबै घरमा गरी करिब सय जना पाहुनालाई एकैपटक बसाउन मिल्ने आरामदायी सुत्ने कोठाको व्यवस्था गरिएको छ । सवै किसिमका पर्यटकलाई लक्षित गरी खानपान र बस्ने कोठा, स्नानघर, शौचालयमा स्तरोन्नती गरीन थालेको जैविकमार्ग होमस्टे व्यवस्थापन समिति डल्लाका अध्यक्ष पर्शुराम चौधरीले बताए । पर्यटकहरू प्रतिदिन ३ सय रूपैयाँ तिरेर होमस्टेमा बस्ने सुविधा छ । त्यस्तै सस्तोमा खानाका परिकार र नौलो अनुभव संगाल्न सकिने सुविधा भएपछि बर्दिया राष्ट्रिय निकुन्ज अवलोकनका लागि आउने पर्यटकहरूसमेत डल्लामा नघुमी फर्किंदैनन् । होमस्टे सञ्चालनले वरपर छिमेकी गाउँका स्थानीयवासीहरू समेत पुर्णसरसफाईमा प्रतिबद्ध भएका छन । त्यहाँको प्राकृतिक सौन्दर्य देख्दा शहरको कोलाहल वाट टाढा मन बहलाउन जाउँ–जाउँ लाग्ने वास्तविक पारिवारीक वातावरण छ डल्लामा । |
धार्मिक पर्यटनको नमुना बागेश्वरी मन्दिर बर्दियासँगै सीमा जोडिएको पश्चिम तराईको प्रमुख शक्तिपीठ मानिने बागेश्वरी मन्दिरमा प्राय बाह्रै मास पूजाआजा गरिने विशेष धार्मिक महत्व मानिएको छ । नेपालका विभिन्न जिल्लाका साथै खासगरी भारतीय पर्यटकहरू बढी आउने यस मन्दिरमा दर्सन गर्नाले सन्तान नहुनेको सन्तान हुने, सुखः, शान्ति र आफूले मागेको कुरा पुग्ने धार्मिक विश्वास छ । यस्तै विश्वासले गर्दा यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यहाँ सतीदेवीको जिब्रो पतन भई पीठ उत्पन्न भएको विश्वास छ । मन्दिरको अर्को आकर्षण भनेको जुँगे महादेवको जुँगा सहितको मूर्ती पनी हो । संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । वरिपरि पोखरी र पोखरीको बीचमा रहेको यो मन्दिर निकै आर्कषक तथा सुन्दर छ । यहाँ सतीदेवीको शक्तिले बागेश्वरीदेवी मन्दिर परिसरको पृथ्वी खाडल परेको धार्मिक किम्वदन्ति समेत छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरू देशका विभिन्न स्थानका साथै भारतबाट ठुलो संख्यामा आउने भएकाले यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । मन्दिर संंरक्षणका लागि भन्दै बनेको गुरुयोजना कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघिय सरकारले विशेष चाँसो दिएर ठोस योजना ल्याउन सकेको खण्डमा धार्मिक पर्यटनको नमुना बागेश्वरी मन्दिर बन्न सक्ने गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी बताउँछन । |
गाभर भ्याली होमस्टे![]() पश्चिम क्षेत्रको भ्रमण आएका पर्यटकलाई एउटा फरक स्वाद र बेग्लै आनन्द लिने रमणीय स्थल हो गाभर भ्याली होमस्टे । बाँकेको बैजनाथ गाउँपालिकाका अन्तगर्त कोहलपुर चौराहादेखि सात किलोमिटर उत्तरमा रत्न राजमार्गदेखि पूर्वतर्फ अवस्थित यो होमस्टे बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । गाभर भ्यालीमा तराईका थारूदेखि हिमाली क्षेत्रका मुगाली परिकारको स्वादका साथै कलासंस्कृती, रहन सहन, खानपान लगायत मनोरञ्जनको छुट्टै ब्रान्ड बनेको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गाभरमा पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि उत्कृष्ट गन्तब्य हो । छुट्टै किसिमको स्वाद चाख्न चाहनेका लागि यहाँ हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल पाईन्छ भने थारू समुदायको सिद्रा, ढिक्री, घोंघी, गंगटा, परेवाको मासु, झिङ्गे माछा, अनदीको रोटी, फुलौरी मौसम अनुसारको फलफुल र सागसब्जीहरू यहाँका लोकप्रिय परिकार हुन् । |