Logo

हुन्डाईले ल्यायो आकर्षक छुट तथा विभिन्न लाभको विशेष उत्सव

काठमाडौं- नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आइतबारदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सकिने छ ।

‘डिसेम्बर डिलाइट’अन्तर्गत, ग्राहकहरुले ६ लाख रूपैयाँसम्मको छुट, ५ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सकिने छ । साथै ३ वर्षको नि:शुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने छ ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझै विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको जनाएको छ । देशभरका सोरुमहरुबाट यसको फाइदा उठाउन सकिने छ । कम्पनीका अनुसार यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्