नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो
![](https://www.karobardaily.com/wp-content/uploads/2024/04/Share_lagani.jpg)
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार नेप्से परिसूचक १२.८४ अंक घटेर दुई हजार ६ सय ७६ बिन्दुमा झरेको छ ।
आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ६२ करोड रुपैयाँको भयो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानाकी फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे ।
९२ कम्पनीको मूल्य बढ्दा १ सय ३८ को घट्यो भने १३ को स्थिर रह्यो । उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।
इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो । खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घट्यो ।