Logo

नेशनल लाइफको मिट द सीईओ कार्यक्रम

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पूरा गर्ने अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले मायाको चिनो प्रदान गरेका थिए । साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको बताए । उनले सोही स्किमको निरन्तरताका लागि सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गरिएको बताए ।

सुदूरपश्चिमबाट छनोट भएका २६ जना अभिकर्तालाई सम्मान गरिएसँगै स्किम अन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्