चार सय बढ्यो सुनको मूल्य
काठमाडौं– सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने घटबढ भएको छैन । सोमबार चाँदीको मूल्य आइतबार जस्तै तोलामा एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।