Logo

लक्ष्मी सन्राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

काठमाडौं- लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित पाको, न्यूरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नं. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्यूरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सकिने छ । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्