प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार प्रसाईंविरुद्ध आइतबार ३ दिन म्याद थप भएको हो ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।