Logo

जाउँ हिँड कान्छी पोखरा सार्वजनिक

काठमाडौं– सर्जक मुकुन्द त्रिपाठीको जाउँ हिँड कान्छी पोखरा सार्वजनिक भएको छ । शब्द र संगित मुकुन्द त्रिपाठी आफ्नै दिएका छन् भने स्वर त्रिपाठी र अस्मीता अधिकारीको रहेको छ ।

गीतमा पोखराको प्राकृतिक र सांस्कृतिक विषेशताको बारेमा जानकारी गराइएको छ । माछापुच्छ्रे र फेवातालको सम्बन्ध वर्णन गर्दै धार्मिक तथा पर्यटकीय स्थलहरुबारे पनि गीतमार्फत चिनारी गरिएको छ ।

पोखराका विभिन्न स्थानमा छायांकन गरी भिडियो प्रस्तुत गरीएको छ । आफ्नै निर्देशन रहेको गीतमा नृत्य निर्देशन युमी बलामीले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्