Logo

अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न अन्तरक्रिया

काठमाडौं– टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना गरेको छ । कार्यक्रमले अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षा सम्बन्धि अधिवक्ता र उद्योगी व्यवसायीलगायत विभिन्न सरोकारवालालाई एकै ठाउँमा भेला गराएको थियो ।

सम्मेलनमा टिकटक क्रियटर सुवास घिमिरे, सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रठाकुर, डिजिटल सेफ्टी एक्सपर्ट सन्तोष सिग्देललगायतले छलफलमा भाग लिएका थिए । कार्यक्रममा टिकटकका फ्यामिली पेयरिंग जस्ता टुल्स र नेपाली प्रयोगकर्ताको सुरक्षामा यसको प्रतिबद्धतालाई जोड दिँदै मुख्य सुरक्षा पहललाई पनि सम्बोधन गरिएको थियो ।

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले भने, ‘टिकटकमा हामी हाम्रा प्रयोगकर्ता, विशेष गरी बालबालिका र युवाको अनलाइन सुरक्षा र भलाइ सुनिश्चित गर्न प्रतिबद्ध छौं । यो शिखर सम्मेलनले नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चाल्नेमा हामी विश्वस्त छौं । हामी हाम्रा पहलमार्फत् डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धन गर्न समर्पित छौं र हामी यो लक्ष्य हासिल गर्न नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिन तत्पर छौं ।’

सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुरले सुरक्षित अनलाइन इकोसिस्टम सिर्जना गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल सुरक्षा अभिवृद्धि गर्न सरकारको प्रतिबद्धतालाई जोड दिए ।

प्रतिक्रिया दिनुहोस्