Logo

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान

काठमाडौं– एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्न ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरिहेका छन् । यो अभियान लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो ।

यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब एक हजार पाँच सय विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराइएको छ । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकलाई लगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्द्धन गर्न कदम चाल्नुको महत्त्वबारे सचेतना जगाउने रहेको छ ।

अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयमा सञ्चालन भइरहेका छन् । यसले विद्यार्थी र शिक्षकलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ । नोभेम्बर २६ देखि १० डिसेम्बरसम्म सञ्चालन हुने अभियानअन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयमा जनसचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्