सुनचाँदीको मूल्य घट्यो
काठमाडौं– सुनचाँदीको मूल्य घटेको छ । सुन चार सय र चाँदी २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ ।
त्यस्तै शुक्रबार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।