अमेरिकामा डोनाल्ड ट्रम्पको समर्थन घट्यो

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा लगातार गिरावट आएको छ । एक समाचार च्यानलको सर्भेमा उनलाई हालसम्मकै कम रेटिङ मिलेको छ । यस पटक उनलाई केबल ३५ प्रतिशत समर्थन मिलेको छ । डिसेम्बरमा यो आंकडा ४० प्रतिशत थियो । जनवरीमा सकारात्मक अर्थव्यवस्थाका कारण उनलाई राम्रो रेटिङ मिलेको थियो ।
फ्लोरिडामा भएको गोली काण्डपछिको सर्भेमा ५४ प्रतिशत मानिसले उनको हतियार नीतिको अस्वीकार गरेका थिए । तर हतियार राख्ने ५२ प्रतिशतले भने ट्रम्पलाई राम्रो रेटिङ दिएका छन् ।अन्य मानिसका साथसाथै यस पटक ट्रम्पको रिपब्लिकन पार्टिले पनि उनलाई अहिलेसम्मकै कम रेटिङ दिएका छन् ।सेप्टेम्बरमा ८१ प्रतिशतको तुलनामा यस पटक उनलाई ८० प्रतिशत नेताले मात्रै समर्थन गरेका छन् । कम रेटिङ पाउनेमा ट्रम्पले पूर्व राष्ट्रपतिलाई पनि पछाडि पारेका छन् । १९८२ मा रोनाल्ड रेगन र १९७८ मा जिमी कार्टराई ४७ प्रतिशत रेटिङ मिलेको थियो ।