Logo

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

फाइल तस्बिर ।

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ”गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । उनले भने, कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।”

प्रतिक्रिया दिनुहोस्