Logo

नेपाल एसबिआई बैंकद्वारा नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं- नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका– ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ ।

उक्त सामग्रीहरू बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वसन्ती बलामी र प्रधानाध्यापक, जंगवहादुर तारामीलार्ई एक कार्यक्रमबिच हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरूसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्