Logo

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं- शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्