Logo

आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य

काठमाडौं- सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ । शुक्रबार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएको हो ।

अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । उनले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शून्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताए ।

उनले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताए । अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा सुरु गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्