भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर
![](https://www.karobardaily.com/wp-content/uploads/2024/12/Viber.png)
काठमाडौं– मेसेजिङ एप भाइबरले कम्युनिटीमा केन्द्रित छलफलका साथ कम्युनिकेसन् बढाउन कमेन्ट फिचरको सुविधा पनि सुरु गरेको छ ।
भाइबरले आफ्नो लोकप्रिय सुविधा कम्युनिटीजको नवीनतम अपडेटको रूपमा कमेन्टहरूको सुविधा प्रस्तुत गरेको छ । राकुटेन भाइबरको यो सुविधा कनभर्सेसन्लाई थप व्यवस्थित र आकर्षक बनाई प्रयोगकर्ताको कम्युनिटीलाई थप सशक्त बनाउन डिजाइन गरिएको बताइएको छ ।
नयाँ अपडेटले आफ्नो टिमसँग धेरै विषयमा डिसकस् गर्ने स्ट्रिमलाइन उपलब्ध हुनेछ भने सदस्यहरूले विशेष मेसेजको टिप्पणी खण्डमा सीधा जवाफ दिन सक्नेछन् । यसले कम्युनिटीलाई आफ्नो समग्र प्रवाहमा बाधा नपर्ने गरी केन्द्रित डिसकस्मा संलग्न रहन सघाउने बताइएको छ ।
सुपरएडमिन र एडमिनले यसलाई पूर्वनिर्धारित रूपमा सबै मेसेजका लागि कमेन्ट उपलब्ध गराएर वा छानिएका विशेष मेसेजमा यसलाई असक्षम पारेर पनि आफ्नो कम्युनिटी इन्फो ट्याबमा सजिलैसँग यो सुविधा एक्टिभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
राकुटेन भाइबरको लामो समयदेखिको सुविधा कम्युनिटीज अब नियमित ग्रुप च्याट अनुभव भन्दा माथिल्लो स्तरको हुनेछ भने यसले च्याट हिस्ट्री र पहिले साझा गरिएको मिडियालाई सजिलै पहुँचयोग्य बनाउने अद्वितीय विशेषतासँगै सहज सहयोग र समावेशी अन्तरक्रियालाई सघाउँछ ।