सेन्सेइको वासिङ मेसिन नेपाली बजारमा
काठमाडौं– सेन्सेइले आफ्ना ग्राहकका लागि अत्याधुनिक फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । जापानी इन्जिनियरिङद्वारा विकसित मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको कम्पनीको दावी छ ।
यो मेसिनको पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि रहेकाले उपभोक्ताले प्रभावकारी परिणाम पाउने बताइएको छ । ऊर्जा बचत गर्ने दक्ष मोटर रहेको मेसिनमा १० वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनले जानकारी दिएको छ । ८ किलो क्षमताको सो मेसिनले १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर पनि उपलब्ध रहेको छ ।
सेन्सेइको नयाँ वासिङ मेसिनले नेपाली ग्राहकको जीवनशैलीलाई सरल, सफा र ऊर्जा–कुशल बनाउन महत्त्वपूर्ण योगदान गर्ने विस्वास लिएको कम्पनीको भनाइ छ । सीजी इलेक्ट्रोनिक्सले नेपाल भरि सेन्सेई ब्रान्डको समान बिक्री वितरण गर्दै आएको छ ।