Logo

पुल्चोकमा इम्बार्क कलेज सञ्चालन

काठमाडौं– नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र ग्लोकल प्रालिको सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ । ललितपुरको पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ ।

कलेजले विश्व वरियतामा शीर्ष १५ प्रतिशतमा र्‍यांक भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) लगायतका विषय सञ्चालन गरेको छ । यी विषयको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि सुरु भइसकेको कलेजले जनाएको छ ।

कलेजका अध्यक्ष शेखर गोल्छाले नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्र्दै भविष्यप्रति लक्षित गरेर कलेज सरु भएको बताए । उद्यमशीलता विकासमा केन्द्रित भएर कलेजलाई नेपालमा उद्यमशीलताको पावरहाउसको रूपमा स्थापित गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्