साताको सेयर
दुई दिन बढेर तीन दिन घट्यो नेप्से
काठमाडौं- साताभरमा दुई दिन बढेको नेप्से परिसूचक तीन दिन घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार नेप्से १५.९३ अंक घटेर २७३४.९३ विन्दुमा झरेको हो । बुधबार परिसूचक ०.८९ प्रतिशत घटेर २७५०.८७ बिन्दुमा झरेको थियो ।
मंगलबार नेप्से परिसूचक १७.८० अंक बढेर २७७५.८५ विन्दुमा पुगेको थियो । सोमबार परिसूचक ०.७२ प्रतिशत बढेर २७५८.०४ बिन्दुमा पुगेको थियो । यस्तै, आइतबार परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको थियो ।
आइतबार एक करोड ६७ लाख ६७ हजार कित्ता सेयर ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, सोमबार २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको थियो ।
मंगलबार १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८८ हजार ७७५ पटकमा ८ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार ९ अर्ब १३ करोड बराबरको कारोबार भएको थियो । यस्तै, बिहीबार ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको मूल्य ९.९८ प्रतिशत बढ्यो । बुधबार पनि यो हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो । त्यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ९.९५ प्रतिशत बढ्यो । मंगलबार दिव्यश्वरी हाइड्रोपावर, ईङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको थियो । सोमबार तारागाउँ रिजेन्सी होटल, विशालबजार कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
आइतबार भने विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बुधबार सपोर्ट लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएकामा बिहीबार सपोर्ट लघुवित्तका सेयरधनीले सर्वाधिक ८.३७ प्रतिशत गुमाए ।
मंगलबारसबै भन्दा बढी अप्पर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले गुमाए । यस कम्पनीको सेयर मूल्य मंगलबार ९.५१ प्रतिशत घटेको थियो । त्यसपछि जानकी फाइनान्सको सेयर मूल्य ६.१८ प्रतिशत घट्यो । सोमबार सबैभन्दा बढी नेपाल फाइनान्सका सेयरधनीले ८.७२ प्रतिशत गुमाए । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.७३ प्रतिशत घट्यो । आइतबार भने जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो ।
बिहीबार सर्वाधिक सेयर खरीदबिक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यो कम्पनीको ४२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । सेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट छ । कम्पनीको २९ करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस्तो हिस्सा जोशी हाइड्रोपावरले ओगटेको थियो र यस कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
मंगलबार सर्वाधिक सेयर किनबेचको हिस्सा ङादी ग्रुप पावरले ओगट्यो । कम्पनीको २६ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको थियो । सोमबार यस्तो हिस्सा नेपाल फाइनान्सले ओगट्यो । यो कम्पनीको ५९ करोड ४७ लाख बराबरको सेयर खरिदबिक्री सोमबार भएको थियो । आइतबार सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।