नासाकी महिला वैज्ञानिकले रचिन् इतिहास «

नासाकी महिला वैज्ञानिकले रचिन् इतिहास

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी महिला वैज्ञानिक क्रिस्टिना कोचले लगातार एकै फ्लाइटमा २ सय ८८ दिन अन्तरिक्षमा बिताएर शनिबार इतिहास रचेकी छन् । यदि उनी २०२० को फेब्रुअरीमा पृथ्वीमा फिर्ता आइन् भने उनले अन्तरिक्षमा ३ सय २८ दिन बिताउनेछिन् ।
क्रिस्टिना २०१९ मार्च १४ मा नासाका लागि फ्लाइट इन्जिनियरका रूपमा इन्टरनेसनल स्टेसनका लागि उडेकी थिइन् । योभन्दा पहिले सेवानिवृत्त अन्तरिक्ष यात्री मार्क केलीले इन्टरनेसनल स्पेस स्टेसनमा ४ सय ३८ दिन बिताएका थिए ।
इन्टरनेसनल स्पेस स्टेसनमा बस्दा क्रिस्टिना कोचले अन्तरिक्षमा ४ पटक स्पेसवाकसमेत गरिसकेकी छन् । १५ महिला वैज्ञानिकले स्पेसवाक गरिसकेका छन् । तर, प्रत्येक पटक उनीहरूका साथमा पुरुष अन्यरिक्षयात्री हुने गरेका थिए । कोच र जेसिकाले बिना कुनैै पुरुष साथी स्पेसवाक गरेका छन् ।
उनी अन्तरिक्ष यात्री हुनुका साथै योग गर्न, दौडन, पर्वतारोहण गर्न, डुंगा चलाउनका साथै फोटोग्राफी गर्न र घुम्ने विषयको सौखिन छिन् ।
अमेरिकी महिला अन्तरिक्षयात्री पेन्गी विन्सटनले अमेरिकी इतिहासमा ६ सय ६५ दिन अन्तरिक्षमा बिताएको रेकर्ड राखेकी छन् । यद्यपि उनको यो रेकर्ड पाँच भिन्न भिन्न उडानमा भएको हो । क्रिस्टिना कोच पेन्गीलाई आफ्नो आदर्श मान्छिन् र उनलाई आफ्नो हिरोइन भएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्