प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको हो । बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ ।
सो सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।