Logo

जुम्लाको दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार

जुम्ला– पातारासी गाउँपालिकाको दुर्गम उपल्लो क्षेत्रमा पनि फोरजीसहितको टेलिफोन सेवा विस्तार भएको छ । पातारासी–२ फुर्कीसल्ला डाँडामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि टेलिफोन सेवा सुचारु भएको छ । जिल्लाकै दुर्गम मानिने पातारासीको उपल्लो क्षेत्रमा वर्षौपछि फोरजी सहितको टेलिफोन सेवा विस्तार भएको भएको हो ।

यससँगै पातारासी गाउँपालिका–१, २ र ३ वडाका स्थानीय सञ्चारको पहुँचमा पुगेका छन् । लामो समयदेखि अलपत्र अवस्थामा रहेको टेलिफोन टावर निर्माण सम्पन्न भएपछि सोमबारदेखि सेवा सञ्चालनमा आएको हो । नेपाल टेलिकमले टावर सञ्चालनमा आएसँगै पातारासीका नागरिक इन्टरनेट र छेलिफोन सेवाको पहुँचमा पुगेको स्थानीय भक्तबहादुर बुढाले बताए ।

यो टावर निर्माण नभएर लामो समयदेखि ठेकेदारले अलपत्र पारेका थिए । स्थानीय र पालिकाले दुई वर्षदेखि निरन्तर पहल गरेपछि टावर ढिलै भएपनि सञ्चालनमा आएको उनको भनाइ छ । ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुवास शाहले बताए । विगतमा इन्टरनेट नहुँदा घर बाहिर रहेका आफन्तसँग संवाद गर्न पातारासीका स्थानीय गाउँपालिकाको केन्द्र र सदरमुकाम धाउनु पर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्