वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी इभी
काठमाडौं– नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, भारतको राज्य सभाका पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, वृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारियालगायतले संयुक्त रुपमा नामीको अनावरण गरेका थिए ।
आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार छ । ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीको तुलनामा ठूलो आकारको छ । यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीको भन्दा उत्कृष्ट रहेको छ र यसले धेरैवटा सेग्मेन्टमा–पहिलो र सेग्मेन्टमा–उत्कृष्ट प्रविधि समावेश गर्दछ ।
कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोभिन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकरूबाट व्यापक मान्यता र प्रशंसा पाइरहेको कुरा साझा गर्न पाएकोमा आफ्नो खुसी व्यक्त गरे । उनले बिक्री मात्र नभइ त्यसपछिको सेवालाई पनि उत्तिकै महत्त्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।