Logo

मुक्तिनाथ बैंक र एनसिएचएलबीच सम्झौता

काठमाडौं– मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ ।

यसबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन र इटालीलगायत देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।

यस प्रकारको सेवाले विदेशी पर्यटकलाई नगद बोक्ने झण्झट नहुनुका साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट रकम झिक्दा छुटको व्यवस्था गरिएको छ ।

बैंकले हालै मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवमा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानाी कोष मुक्तिनाथ म्युचुअल फण्ड यहि मंसिर २० गतेबाट बिक्रीमा ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्