सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं- बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ पुगेको छ ।