होण्डाको पहिलो डिजेल कार डब्लुआर–भी नेपालमा «

होण्डाको पहिलो डिजेल कार डब्लुआर–भी नेपालमा

 होण्डा मोटर्सको नेपालका लागि अधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले होण्डा डब्लुआर–भी बजारमा ल्याएको छ । कम्पनीले उत्पादन गरेको भेरियन्टमध्ये डब्लुआर–भीमा अहिलेसम्मकै स्ट्याण्डर्ड फङ्सन रहेको कम्पलीले जनाएको छ ।
कम्पनीका अनुसार गाडीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), डुअल एआरएस, फ्रन्ट एयरब्याग र इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन (इबिडी) फङ्सन जस्ता विशेषता रहेका छन् ।
यो गाडीको मूल्य ४१ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ । गाडी खरिद गर्दा ग्राहकले मासिक ५१ हजार १ सय ६२ रुपैयाँ किस्ताको सुविधा पनि पाउन सक्नेछन् । कम्पनीका अनुसार डब्लुआर–भी प्रिमियम एम्बर मेटालिक, मोडर्न स्टील मेटालिक अलाबास्टर सिल्भर मेटालिक, कार्नेलियन रेड पर्ल, गोल्डेन ब्राउन मेटालिक र व्हाइट अर्चिड पर्ल लगायतका रंगमा उपलब्ध छन् । डब्लुआर–भी होण्डाको पहिलो डिजेल भेरियन्ट गाडी रहेको कम्पनीले जनाएको छ । ग्राहकले पेट्रोल र डिजेल दुवै भेरियन्टको गाडी खरिद गर्न सक्नेछन् ।
१.२ लिटरको पेट्रोल इन्जिनयुक्त गाडीमा १ सय १० एनएम टप टर्कसहित ८९ बिएचपी पिक पावर रहेको छ । कम्पनीका अनुसार पेट्रोल भेरियन्टको उक्त गाडीमा पाँचवटा स्पिड गियर छन् । १.५ लिटर आइडीटेक डिजेल मोटरमा ९९ बिएचपी पावर र २ सय एनएमको पिक टर्क रहेको छ । कम्पनीका अनुसार डिजेल भेरियन्टका गाडीमा ६ वटा स्पिड गियर छन् ।

प्रतिक्रिया दिनुहोस्