Logo

इसेवाको ब्राण्ड प्रवर्द्धकमा पुन: पौडेल

काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुन: थप गरिएको हो । इसेवाको प्रधान कार्यालयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । इसेवाका सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका क्रिकेटर पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु गर्वको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्