डिशहोमको इन्टरनेट जोड्दा फाइभ–जी राउटर नि:शुल्क
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवातसँगै डिशहोमले एनपीएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।
कम्पनीले २०० र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ । डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ । यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकका लागि यो अफर सार्वजनिक गरिएको हो ।
पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकले आफ्नै नजिकको डिशहोमको आधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।